भद्रपुर । कचनकबल गाउँपालिका–७ स्थित दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका एक वृद्धको जङ्गली हात्तीको आक्रमणमा मृत्यु भएको छ ।
आज दिउँसो ८२ वर्षीय वृखबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो । हात्तीले आक्रमण गरेको खबर प्राप्त भएपछि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको उहाँले जानकारी दिनुभयो ।
दशगजामा सालक छाडेर भागे तस्कर
झापाको कचनकबलस्थित भारतीय सीमा क्षेत्रको दशगजामा तस्करी हुन लागेका अवस्थामा नेपाल प्रहरीको गस्तीले संरक्षित वन्यजन्तुको सूचीमा रहेको एउटा सालकको उद्धार गरेको छ ।
कचनकबल गाउँपालिका वडा नं ५ स्थित ११२ र ११३ सीमास्तम्भबीचमा प्लास्टिकको बोरामा पोको पारेर फालिएको अवस्थामा जिउँदो सालक फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रवार राति गस्ती टोलीले फेला पारेको सो सालक प्रहरीले आज डिभिजन वन कार्यालयलाई बुझाएको कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो ।
रातिको मौका छोपी भारततर्फ तस्करी गर्ने गिरोह प्रहरीको गस्ती आएपछि सालक छाडेर भागेको हुनसक्ने अनुमान गरिएको छ । बन्दाबन्दी भएयता डिभिजन वन कार्यालयले उद्धार गरेर ल्याइएका दुई मृग, एक अजिङ्गर र हुचिललाई संरक्षण गरेको जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
हात्तीले दैनिक घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य
पूर्वी नेपालमा मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि
मोरङ्गको सुन्दरहरैचामा हात्ती मृत फेला
हात्ती लघार्न जनप्रतिनिधि र सुरक्षाकर्मीसहितको टोली जङ्गलमा
हात्तीबाट हुने क्षति कम गर्न साइरन जडान