काठमाडौं । सरकारले कोरोनाभाइरसका कारण मित्रराष्ट्र तथा विकास साझेदारहरुको स्रोत साधन परिचालनको प्राथमिकता फरक हुन सक्ने भन्दै अधिकतम आन्तरिक स्रोत परिचालनको नीति लिएको छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताएकी हुन् ।
अधिकांश मुलु्कको आर्थिक वृद्धिदर ऋणात्मक हुन सक्ने देखिएको सन्दर्भमा जोखिम व्यवस्थापन गर्न सक्षम नेपाली अर्थतन्त्रलाई उत्पादनशील र सुदृद्ध बनाउने नीति सरकारले लिएको छ ।
नेपाललाई कोरोनामुक्त देश बनाउन सरकारको पहिलो प्राथमिकता रहेको नीति तथा कार्यक्रम बाचन गर्र्दै राष्ट्रपतिले बताइन् । संक्रमणको परीक्षणलाई व्याक बनाइने, चिकित्सक, औषधिको कुनै अभाव हुन नदिने पनि सरकारको नीति छ । कसैको पनि ज्यान जान नदिने गरी सरकार दृढतापूर्वक लागिपरेको पनि राष्ट्रपतिले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०७७, १७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज, यी हुन प्राथमिकताका विषय
नीति तथा कार्यक्रममाथिको छलफल सकियो
सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिँदै, प्रधानमन्त्रीले संसदमा जवाफ दिने
नीति तथा कार्यक्रम : बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
स्नातकमाथिका विद्यार्थीलाई हप्ताको २० घण्टा काम, न्यूनतम ज्याला