भारतमा रेलसेवा शुरु भएसंगै प्रवासी नेपाली स्वदेश फर्कने क्रम बढ्यो

पत्रपत्रिकाबाट

शुक्रबार, ०२ जेठ २०७७, ०८ : ३७
भारतमा रेलसेवा शुरु भएसंगै प्रवासी नेपाली स्वदेश फर्कने क्रम बढ्यो

सांकेतिक तस्बिर ।

काठमाडौं । भारतका विभिन्न सहरबाट फर्किएका र फर्किने तयारीमा रहेकाहरूलाई राख्न प्रदेश २ सरकारले सीमावर्ती पालिकाहरूमा क्वारेन्टिन निर्माणमा गर्दै छ । प्रदेश २ को सीमावर्ती ती ठाउँमा ठुलो क्षमताका क्वारेन्टिन निर्माण गरी भारतबाट आउने तयारीमा रहेकाहरूलाई राख्ने भएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले भने, ‘प्रदेशको सीमावर्ती क्षेत्रमा ठूलो क्षेत्रफलको क्वारेन्टिन निर्माण गर्दै छौं । भारतबाट ठूलो संख्यामा नेपालीहरू घर फर्किन थालेपछि उनीहरूलाई राख्न क्वारेन्टिन निर्माण गर्न लागिएको हो ।’

सीमावर्ती भारतीय सहर र दशगजासम्म आएर बसेका नेपालीलाई उद्धार गर्न सीमावर्ती क्षेत्रका पालिकाहरूले भएको क्वारेन्टिनको  क्षमता बढाउँदै छन् । महोत्तरीको लजेश्वर नगरपालिकाले यहाँको क्याम्पसमा ३० शड्ढयाको क्वारेन्टिन निर्माण गरेको छ । बुधबार दिउँसोसम्म यहाँ ९ वटा शड्ढया खाली थिए । तर, अँध्यारो भएपछि पारिबाट आएका १७ जना थपिएकाले क्षमताभन्दा बढी मानिस भरिएका छन् । भारतले रेलसेवा सुचारु गरिदिएपछि घर फर्किने नेपालीको संख्या बढेको छ ।  

बोर्डरमा आइसकेपछि केही गरी पनि वारि आएरै छाड्छन । कारण नेपाली र सीमावर्ती भारतीयको घर जोडिएका छन् । उनीहरूको खेत खलिहान जोडिएको छ । वारिपारि नाता सम्बन्ध घनिष्ठ छ । यसकारण उनीहरूलाई वारि आउन अप्ठ्यारो छैन । अहिलेसम्म अवस्था भयावह थिएन । भारतको कोरोना संक्रमित क्षेत्रबाट नेपालीहरू धमाधम फर्किन थालेपछि संक्रमणको खतरा बढ्दै छ । बुद्यबार महोत्तरी आएकाहरू भारतको राजस्थानबाट आएका हुन् । उनीहरूमध्ये ९ जना जलेश्वरकै ५ नम्बर वडाका हुन् भने बाँकी धनुषाका हुन् ।

बुधबार भारतको नयाँ दिल्ली, हरियाणा र डुमरियाबाट सिरहाको बरियारपट्टी नाका हुँदै ६ जनाले प्रवेश गरेका छन् । त्यसै गरी भारतबाट आएका ५२ जनालाई सिरहा नगरपालिका १७ स्थित ब्रझ माविको क्वारेन्टिनमा राखिएको छ । उनीहरू कमला खोलाको तिरैतिर दशगजामा आएका थिए । तीबाहेक खुला सीमाको फाइदा उठाउँदै दशगजाबाट हिँडेरै लुकेर क्वारेन्टिनसम्म पुगेका हुन् ।  

अलपत्रलाई सीमापारि नै रोक्दा लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि संक्रमणबाट जोगिन वैधानिक रूपमा नाकाबाट ल्याउन लागिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले बताए । ‘दशगजामा अलपत्र परेका विभिन्न जिल्लाका ५२ जनालाई सीमा नाकामै रहेको ब्रझ मावि सिरहाको क्वारेन्टिनमा राखेका छौं,’ प्रजिअ गुरागाईंले भने, ‘यो संख्या अब क्रमशः बढ्दै जान्छ । शुक्रबार उनीहरूको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाउँछौं ।’ नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस