राहतको ठेक्कामा मिलेमतोः अख्तियारद्वारा कागजपत्र नियन्त्रणमा

पत्रपत्रिकाबाट

शुक्रबार, ०२ जेठ २०७७, ०७ : ४९
राहतको ठेक्कामा मिलेमतोः अख्तियारद्वारा कागजपत्र नियन्त्रणमा

फाईल फोटो

काठमाडौँ । कारोनाको महामारीबाट बच्न डेढ महिना लामो लकडाउनका कारण भोकभोकै बस्नुपर्ने ज्यालामजदुरी गर्ने मजदुर र गरिव परिवारलाई राहत वितरण गर्न २ करोड ६१ लाखको ठेक्का मिलेमतोमा दिएको र किरा परेको चामल वितरण भएको भन्दै कारवाहीको व्यापक माग उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान महेन्द्रनगरको टोलीले धनगढी उपमहानगरपालिका कार्यालयमा बिहीबार छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ ।  

संकटको बेलामा मिलेमतोमा करौडांैका ठेक्का दिएर सर्वसाधारणको स्वास्थ्यमाथी खेलवाड गर्ने गरि कुहिएको चामल वितरण गरेको भन्दै स्थानीय आक्रोशित भएका छन्। अख्तियार अनुसन्धान आयोग महेन्द्रनगरका निमित्त प्रमुख महेश पाण्डेले धनगढी उपमहानगरपालिकाका राहत खरिद सम्बन्धी सम्पुर्ण कागजपत्र नियन्त्रणमा लिएको बताएका छन् । नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस