काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र नेकपा स्थायी समिति सदस्य भीम रावलबीच आरोप प्रत्यारोप चलेको छ । नेकपाको हिजो बुधबारका लागि तय भएको स्थायी समिति बैठक रोकिएको कारणलाई लिएर रावल र रिमालबीच आरोप प्रत्यारोप शुरु भएको हो ।
नेकपाले पार्टीका सबै स्थायी समिति सदस्यहरुको कोरोना परिक्षण नसकिएको, नेताहरुको सुरक्षा गार्डहरुमै कोरोना देखिएको कारण जनाउदै नेकपाले बैठक स्थगित गरेको थियो । बैठक स्थगित पछि प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले एक रेडियोलाई अन्र्तवार्ता दिदै स्थायी समिति सदस्य भीम रावलको सुरक्षा गार्डमा पनि कोरोना देखिएको र बैठक स्थगित हुनुको एउटा कारण त्यो पनि रहेको बताएका थिए ।
स्थायी समिति बैठक स्थगित भएपछि नेता रावलले भने बैठक रोक्ने कुरालाई राजनीतिको भद्दा रुप भएको टिप्पणी गरेका छन् । उनले ‘म कहाँ एक महिनादेखि नरहेका र त्यसअघि पनि मेरो निकट सम्पर्कमा नरहेका प्रहरीमा कोरोना संक्रमण देखिनुलाई प्रमका सल्लाहकारले मसँग केही नबुझी बैठक स्थगनको एउटा कारण भन्दै रेडियोमा फुक्न लगाउनु र स्थायी कमिटीका सबै सदस्यहरूको पिसिआर परीक्षण नभएकाले बैठक स्थगित गरियो भन्नु षड्यन्त्रकारी र गैरजिम्मेवार राजनीतिको भद्दा स्वरूप हो,’ रावलले बैठक स्थगित पछि ट्वीट गर्दै भनेका छन् ।
तर फेरि रिमालले रावलमाथी पनि कटाक्ष गदै प्रतिजवाफ दिएका छन् । ‘बैठक राख्ने वा रोक्ने म आधारिक व्यक्ति पनि हैन् । यो आरोप, प्रत्यारोप किन र के का लागि ? होला, यहाँको जत्तिको महान मति र बुद्धि म मा नहोला तर, उही पार्टीका सहकर्मीसंग कस्तो व्यबहार गर्ने सामान्य शिष्टाचार मेरो गुरूहरूले सिकाउनु भएको छ ।’ रिमालले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०७७, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावललाई साथ दिने एमाले नेता निष्काशित
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल
सुनसरीमा तय भएको कार्यक्रम रोकिएपछि बाटोबाटै फर्किए भीम रावल