आजको मौसम कस्तो रहला : वर्षाको सम्भावना

सफल खबर संवाददाता

विहीबार, ०१ जेठ २०७७, ०९ : ३०
आजको मौसम कस्तो रहला : वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने  जनाएको छ । अहिले पश्चिम र पूर्वको पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।

पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो । बिहीबार दिउँसो पहाडी भू–भागमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । अपरान्ह पश्चात पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राति देशको पूर्वी भू–भागमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ। पूर्वका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस