कोरोना अपडेट : कुन जिल्लामा कति पुग्यो संक्रमण ?

सफल खबर संवाददाता

विहीबार, ०१ जेठ २०७७, ०७ : ४९
कोरोना अपडेट : कुन जिल्लामा कति पुग्यो संक्रमण ?

काठमाडौं । केही दिन यता नेपालमा पनि कोरोना संक्रमणको दर ह्वात्तै बढ्दै गएको छ । माघ महिनामा देखिएको पहिलो संक्रमित बैशाखको दोश्रो साता सम्म सामान्य संख्यामा रहेका थियो ।

तर एक हप्ता यता संक्रमणको दर हवात्तै बढेको छ । स्वास्थय मन्त्रालयका अनुसार हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३९, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ७, कैलालीमा ४, रौतहट र बारामा ३र३ तथा बागलुङ, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २र२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुनः संक्रमण देखिएकाले उनीहरुलाई पुनः अस्पताल भर्ना गरिएको छ ।