मलेसियामा ५५ नेपाली कामदारमा कोरोना भाइरस संक्रमण

मलेसियन सरकारले संक्रमित विदेशी नागरिकलाई आफ्नै देशको नागरिक सरह उपचार गर्दै

बुधबार, ३१ बैशाख २०७७, १८ : ५७
मलेसियामा ५५ नेपाली कामदारमा कोरोना भाइरस संक्रमण

काठमाडौं । मलेसियामा ५५ नेपाली कामदारमा कोरोनाभाइरसको संक्रमण भएको छ ।

मलेसियाका विभिन्न भागमा वैदेशिक रोजगारीका क्रममा रहेका ५५ नेपालीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले जानकारी दिए । जसमध्ये हालसम्म ३ जना निको भएका छन् । 

उनका अनुसार मलेसियन सरकारले कोरोना संक्रमित विदेशी नागरिकलाई आफ्नै देशको नागरिक सरह उपचार गर्दै आएको छ ।