दिनभर आजको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, ३१ बैशाख २०७७, ०८ : २६
दिनभर आजको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रको मौसम बुधबार सामान्यतया बदली हुने जनाएको छ । अहिले मध्य तथा पश्चिमका क्षेत्र र पूर्वको पहाडी भू–भागमा सामान्य बदली भएको छ । यस्तै अरु क्षेत्रमा आंशिक बदली रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेकाले मौसम बदली भएको हो । दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रहने मौसमविदले बताएका छन् ।

पूर्व र पश्चिमका केही स्थान तथा मध्य क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । पूर्वका केही स्थान तथा मध्य र पश्चिमका एक वा दुई स्थानमा राति मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि पूर्व र मध्य क्षेत्र तथा पश्चिमको पहाडी भू–भागमा सामान्य बदली हुने जनाइएको छ । बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

प्रतिक्रिया दिनुहोस