भारतबाट आयात हुने तरकारीको परीक्षण थालियो

पत्रपत्रिकाबाट

बुधबार, ३१ बैशाख २०७७, ०७ : ५९
भारतबाट आयात हुने तरकारीको परीक्षण थालियो

फाईल फोटो

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण सुरु गरेको छ । 

चीनको गोन्जाउबाट ल्याइएको १० हजार थान किटले विषादी परीक्षण थालेको मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जानकारी दिए ।

‘चीनबाट आपत्कालीन सेवाका लागि थोरै परिमाणमा विषादी परीक्षण किट मगाएका थियौँ । अब आयात हुने तरकारीको विषादी परीक्षण निरन्तर अघि बढाइएको छ,’ उनले भने ।

तरकारीको विषादी परीक्षण गर्न कास्कीको पोखरा, काठमाडौंको कालिमाटी, कैलालीको अत्तरिया, बाँकेको नेपालगन्ज, रुपन्देहीको बुटवल, सर्लाहीको नवलपुर र झापाको काँकडभिट्टामा विषादी अवशेष द्रुत वश्लेषण एकाइ स्थापना गरिएका छन् ।  नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस