पर्सामा निषेधाज्ञा जारी, सेना परिचालन गर्ने निर्णय

सफल खबर संवाददाता

मंगलबार, ३० बैशाख २०७७, २० : ३६

फाईल फोटो

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले  ६४ जनामा कोरोनाभाइरसको पुष्टि भएसँगै संक्रमण थप फैलिन नदिनका लागि  मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र  जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सेना समेत परिचालन गर्ने निर्णय गरेको हो । 

निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवाबाहेक सबै पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने प्रशासनले निर्णय गरेको छ । त्यस्तै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस