काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नर्सहरुको व्यावसायिक जीवनको सुरक्षाको दायित्व सरकारको भएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय नर्सिङ दिवसको उपलक्ष्यमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो दायित्व निर्वाह गर्ने स्वास्थ्यकर्मीहरुको जीवनको सुरक्षा र आइपर्ने जोखिमको सामना गर्नु सरकारको दायित्व हो भन्ने कुरामा वाग्मती प्रदेश सरकार स्पष्ट रहेको बताउनुभयो ।
“अन्तर्राष्ट्रिय नर्सिङ दिवस तथा नर्सिङ क्षेत्रकी तारा फ्लोरेन्स नाइटिङ्गेलको २००औँ जन्मदिवसको उपलक्ष्यमा सम्पूर्ण नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मी दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, पौडेलले सन्देशमार्फत भन्नुभएको छ ।
उहाँले सन्देशमा “कोरोना भाइरसको सन्त्रासका बीचमा पनि अहोरात्र बिरामीको सेवा र रेखदेखमा क्रियाशील तमाम नर्सहरुप्रति उच्च सम्मानसहित हार्दिक आभार व्यक्त गर्दछु”, उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले आफू जोखिममा रहेर पनि बिरामीहरुको स्वास्थ्य सेवामा समर्पित हुनु आफैँमा पेशाप्रतिको इमान्दारिता र व्यावसायिक दायित्व भएको बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३० बैशाख २०७७, १९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यूनतम तलब, भत्ता र सेवा-सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका नर्स आन्दोलित
नर्सको समस्या समाधानका लागि सातै प्रदेशमा कार्यदल गठन
नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन
काम अनुसारको दाम नपाउँदा नर्स पलायन
परोपकार प्रसूति गृहमा स्टाफ नर्सका लागि दरखास्त आह्वान
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी