नेपाली भुमि अतिक्रमणको विरोधमा भारतिय दुतावास अगाडी अधिकारकर्मीको विरोध प्रदर्शन, प्रहरीद्धारा पक्राउ

मंगलबार, ३० बैशाख २०७७, १२ : ५२
नेपाली भुमि अतिक्रमणको विरोधमा भारतिय दुतावास अगाडी अधिकारकर्मीको विरोध प्रदर्शन, प्रहरीद्धारा पक्राउ

काठमाडौँ । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै सडक निर्माण गरेको विरोधमा प्रदर्शन गर्नुका साथै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । 

मानवअधिकार तथा शान्ति समाज नेपालको आयोजनामा भएको विरोध कार्यक्रम काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको छ । प्रदर्शनको क्रममा मानवअधिकारवादीहरुले प्लेकार्ड बोक्दै नाराबाजी गरेका थिए ।  उनीहरुले लिपुलेक र कालापानी नेपालको भूमि भएको फिर्ता गर्न माग गरेका थिए ।

प्रदर्शनको क्रmमा मानव अधिकारकर्मी कृष्ण पहाडी , उत्तम पुडासैनी लगायतलाई भारतीय राजदुताबास अगाडिबाट नेपाल प्रहरीले गिरफ्तार गरेको छ । भारतीय हस्तक्षेपको बिरूद्धमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरेको  शान्ति समाजका केन्द्रीय बरिस्ठ उपसभापति गोबिन्द खनालले बताए ।

प्रतिक्रिया दिनुहोस