सीमा सुरक्षा गर्न भारतकै बाटो, भारतकै फोन

पत्रपत्रिकाबाट

मंगलबार, ३० बैशाख २०७७, ०७ : ३०
सीमा सुरक्षा गर्न भारतकै बाटो, भारतकै फोन

फाईल फोटो

काठमाडौं । भारतसँग जोडिएको दाङको ८३ किलोमिटर क्षेत्रमा तीन नाकामा मात्रै सशस्त्र प्रहरीको बिओपी छ, ३१ वटा खुला नाका छन् । 

लकडाउनपछि भने सात स्थानमा अस्थायी पोस्ट राखिएको छ । नयाँ र पुराना कुनै पनि स्थानमा सशस्त्र प्रहरीका आफ्नै भवन छैनन् । बिओपीमा विद्युत्, सञ्चार, खानेपानीको सुविधा छैन । उनीहरूले सिम पनि भारतकै प्रयोग गर्नुपर्छ ।

‘कोइलाबासबाहेक अन्य कुनै पनि स्थानमा हाम्रो फोनले काम गर्दैन । कतैकतै स्काईको सिमले काम गरे पनि भरपर्दो छैन । जिल्लासँग सम्पर्क गर्नुपर्दा र इन्टरनेट प्रयोग गर्नुपर्दा भारतीय सिमको प्रयोग गर्नुपर्ने बाध्यता छ,’ सशस्त्र प्रहरी बल कोइलाबासका इन्स्पेक्टर विशाल पाण्डेले भने, ‘यसो गर्दा सुरक्षा जोखिम त छ, तर अर्को उपाय पनि छैन ।’ 

अस्थायी पोस्टहरू स्थानीय विद्यालयमा राखिएका छन् । सुरक्षाकर्मीले दैनिक उपभोग्य सामान पनि भारतबाटै ल्याउनुपर्छ । विद्युत् नहुँदा सोलारबाट सञ्चारसेट चार्ज गर्छन् । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस