कोरोना संक्रमणबाट बेलायतमा ६० जना नेपालीहरुको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २९ बैशाख २०७७, २० : ३०
कोरोना संक्रमणबाट बेलायतमा ६० जना नेपालीहरुको मृत्यु

काठमाडौं । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ६० जना पुगेको छ । 

सोमबार साँझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले जानकारी दिए । 

मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिकहरु रहेका छन् । अहिलेसम्म ४९ जना पूर्वगोर्खा सैनिक तथा ११ जना गैरगोर्खाको मृत्यु भएकाे उनले बताए  । यस्तै २० जनाको लन्डनभित्र र बाँकी ४० जनाको लन्डनभन्दा बाहिरका विभिन्न स्थानमा मृत्यु भएको दूतावासले जनाएको छ ।