दुबई । कोरोनाभाइरसको महामारीसँग जुध्न सघन उपचार कक्षमा कार्य गर्ने गरी ८८ जना भारतीय नर्सहरुको पहिलो समूह युनाइटेड अरब इमिरेट्स (युएई) आइपुगेका छन् । उनीहरुलाई एस्टर डिएम हेल्थकेएर नामको कम्पनीले युएई लगेको हो ।
यी नर्सहरु भारतीय कन्सुलेट र युएईको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयको समन्वयमा युएई आइपुगेका हुन् । भारतमा एस्टर अस्पतालमा क्रिटिकल केएर विषयमा तालिमप्राप्त ती नर्सहरुलाई दुबईस्थित कोरोनाभाइरस उपचार केन्द्रहरुमा खटाइने छ ।
एस्टर डिएम हेल्थकेएरका संस्थापक अध्यक्ष डा आजाद मूपेनले नर्सहरुको परिचालनले दुबै मुलुकबीचको गहिरो र विश्वासिलो सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गरेको बताए ।
दुबई सरकारले दुबई वल्र्ड ट्रेड सेन्टरमा सामान्य किसिमका बिरामीको उपचार गर्न तीन हजार शैयाको फिल्ड अस्पताल निर्माण गरेको छ । दुबई स्वास्थ्य प्राधिकरणका महानिर्देशक हुमेद अल कुतामीले कोरोनाभाइरससँग जुध्न दुबई सरकारले पर्याप्त तयारी गरेको बताए । –एएनआई
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ बैशाख २०७७, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यूनतम तलब, भत्ता र सेवा-सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका नर्स आन्दोलित
नर्सको समस्या समाधानका लागि सातै प्रदेशमा कार्यदल गठन
नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन
काम अनुसारको दाम नपाउँदा नर्स पलायन
परोपकार प्रसूति गृहमा स्टाफ नर्सका लागि दरखास्त आह्वान
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी