चीनद्वारा नेपाललाई ४० हजार थान पीसीआर टेस्ट किट सहयोग

सफल खबर संवाददाता

सोमबार, २९ बैशाख २०७७, १६ : ४५
चीनद्वारा नेपाललाई ४० हजार थान पीसीआर टेस्ट किट सहयोग

काठमाडौं । चीनले नेपाल सारकारलाई कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि पीसीआर परीक्षण किटसहितका अत्यावस्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस