परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय राजदुतलाई मन्त्रालय बोलाएर वार्ताका सूचना पठाए

सफल खबर संवाददाता

सोमबार, २९ बैशाख २०७७, १५ : ३४
परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय राजदुतलाई मन्त्रालय बोलाएर वार्ताका सूचना पठाए

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँग लिपुलेकको सडक बारे छलफल गरेका छन् । 

आज मन्त्री ज्ञवालीले राजदूत क्वात्रालाई मन्त्रालयमा बोलाएर छलफल गरेको दुतावास स्रोतले जनाएको छ । भारतले नेपालको भूमी लिपुलेकमा एकतर्फी रुपमा सडक निर्माण गरेको र यसमा नेपाल सरकारले आपत्ती प्रकट गरेको जानकारी क्वात्रा समक्ष राखेका थिए । 

भारतले के कसरी कुन आधारमा सडक निर्माण गरेको हो, त्यसको बारेमा स्पष्ट पार्नका राजदूत क्वात्रामार्फत भारत सरकारलाई जानकारी पठाएको स्रोतले जनाएको छ । यस विषयमा नेपालले भारतसँग उच्चस्तरीय वार्ता गर्न चाहेको पनि जानकारी पठाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस