चितवन । टाटा गाडीको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गको सिप्रदयीन सहायता संस्थाद्धारा चितवनका एकसय म्याजिक चालकहरुलाई राहत सामाग्री वितरण गरिएको छ ।
टाटा मोटर्सको चितवनको आधिकारिक डिलर सफल मोटर्स र संयुक्त रुट व्यवस्थापन समिति, भरतपुरको समन्वयमा एक महिनालाई पुग्ने खाद्य सामाग्री वितरण गरिएको हो । स्थानीय रुटमा चल्ने म्याजिक चालकहरु लकडाउनका कारण मारमा पर्ेको भन्दै उनीहरुलाई राहत स्वरुप चामल,दाल, तेल ,नुन लगायतका खाद्य सामाग्री वितरण गरिएको सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले जानकारी दिए । ‘अहिले सबैभन्दा बढी चालकहरु मारमा परेको महसुस गर्यौं, भट्टराईले भने, यस्ता महामारीको समयमा हामीले मानवीय धर्म निर्वाह गरेका हौं ।’ लामोसमयमसम्म उनीहरु कामविहीन भएको र परिवारसमेत धान्न मुश्किल रहेकोले राहतस्वरुप खाद्य सामाग्री वितरण गरिएको उनले बताए ।
चालकहरुले गाडी चलाउन नपाएको र विकल्पको रुपमा अन्य रोजगारी समेत नपाएका कारण उनीहरुको दैनिक जीवनमा कठिनाई परेकोले राहत वितरण गरिएको सिप्रदयीन ट्रेडिङ्ग प्रालिका भरतपुरका शाखा प्रबन्धक विश्वबन्धु श्रेष्ठले बताए । ‘चालक, मालिक,र हाम्रो संस्था बीच प्रत्यक्ष रुपमा सम्बन्ध हुन्छ, शाखा प्रमुख श्रेष्ठले भने, विपदको समयमा सहयोग गर्नु हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो ।’ हाल जिल्लाका स्थानीय रुटमा चल्ने एकसय चालक परिवारलाई राहत वितरण गरिएपनि लकडाउन लम्बिएसंँगै यसलाई निरन्तरता दिदै जाने उनको भनाई छ ।
वितरण कार्यक्रममा बोल्दै संयुक्त रुट व्यवस्थापन समितिका संयोजक चीनी बहादुर बोहोराले यस्तो विपदको घडीमा यातायात व्यवसायीहरु समेत मारमा परेको र व्यवसायीले राहत समेत दिन नसकेको अवस्थामा सिप्रदयीनले गरेको खाद्य सामाग्रीले केही दिनभएपनि चालकहरुमा खुशी थपिने बताए । ‘उनीहरुसंँग न काम छ न माम नै यस्तो बेलामा हामीले राहत वितरणको पहल गरेका हौं । ’उनले भने । अझैपनि चालकहरुको रोजगारी अनिश्चित रहेकोले सरकारले उनीहरुको लागि वैकल्पिक रोजगार दिनुपर्ने उनको भनाई छ ।
वितरण कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले महामारीको समयमा राज्य र स्थानीय सरकारको पहल मात्र पर्याप्त नहुने भन्दै सिप्रदीयन गरेको सहयोगको प्रशंसा गरे । विपदको घडीमा नीजि संस्थाहरुको भूमिका महत्वपुर्ण हुने भएकोले मनकारी मन र दानकारी हातहरुले यस्तो परिस्थितिमा हातेमालो गर्दै जानुपर्ने भण्डारीको भनाई छ । गतसाता सिप्रदीयन सहायता कोष र सफलमोटर्सको सहकार्यमा भरतपुर नगरपालिका वडा नम्बर ३ का विपन्न ४० घरपरिवारलाई राहत वितरण गरिएको थियो ।
सिप्रदीयन संस्थाले देशभर विपदको समयमा राहत, आर्थिक सहयोग गर्नुका साथै जिल्लाका विभिन्न विद्यालयहरुमा रहेका विद्यार्थीको लागि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा पनि आर्थिक सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ बैशाख २०७७, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्व बैंकले नेपाललाई २०० मिलियन डलर सहयोग गर्ने
नेपाल क्रिकेट संघ क्यानले गर्यो भूकम्प पीडितलाई २० लाख सहयोग
चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई खाद्यान्न र स्टेशनरी सहयोग
चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई चार लाख सहयोग
प्रदेश सरकारद्वारा इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई जनही २ लाख सहयोग
भूकम्प पीडितलाई युनिलिभर नेपालद्वारा एक करोड सहयोग