मानसरोबर जाने सडक निर्माणमा भारतले १९ किलोमिटर नेपाली भुभाग मिच्यो : परराष्ट्रमन्त्री ज्ञवाली

आइतबार, २८ बैशाख २०७७, ११ : ५७
मानसरोबर जाने सडक निर्माणमा भारतले १९ किलोमिटर नेपाली भुभाग मिच्यो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतले लिपुलेकबाट  मानसरोवरसम्मको सडक निर्माणमा भारतले १९ किलोमिटर नेपाली भुभाग मिचेको बताएका छन् ।  उनले नेपाली भूमि मिचेर सडक निर्माणको  जानकारी प्राप्त हुनासाथ त्यसबारे विस्तृत विवरण दिल्ली दूतावासमार्फत् मगाइएको बताए ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आज (आइतबार) मन्त्री ज्ञवालीले भारतले पछिल्लोपटक १९ किलोमिटर भूभाग मिचेको जानकारी गराउदैं भारतले सडक निर्माण गरेको पूर्वजानकारी आफूहरुलाई पहिल्यैदेखि थाहा भएको पनि  बताए । यि कुरा थाहा हुना साथ भारतलाई बारम्बार त्यो रोक्न आग्रह गरेपनि त्यसमा ध्यान नदिन भारतले एकलौटी रुपमा निर्माण गरेको मन्त्रीको ज्ञवालीले बताए । 

सांसदहरुले नेपालको भूमि मिचेर भारतले कैलाश मानसरोबरसम्म पुग्ने बाटो बनाएकोबारे सरकारलाई जानकारी छ कि छैन भन्ने प्रश्न गरेका थिए । सांसदहरुका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले भने, ‘सरकारलाई थाहा छ, अन्य निकायलाई पनि थाहा नहुने कुरा भएन ।’ सुगौली सन्धिलाई परिवर्तन गर्ने गरी अर्को सन्धि नभएको बताउँदै मन्त्री ज्ञवालीले भने, ‘काली नदी नै हाम्रो सीमा हो । एकतर्फी निर्णय स्वीकार्य हुँदैन र छैन ।’

मन्त्री ज्ञवालीका अनुसार भारतले सन् १९९९ मानसरोबरसम्म जाने बाटोको प्रोजेक्ट सुरु गरेको थियो । सन् २००५ मा परियोजना स्वीकृत भएपछि २००८ बाट बाटो निर्माणको काम सुुरु गरेको थियो । मन्त्री ज्ञवालीले संयुक्त राष्टसंघले कोरोना भाइरसको लडाई चलिरहेको बेला विभिन्न देशहरुलाई आपसी विवादलाई थाती राख्न भनेको बेला भारतले गरेको यो काम उपयुक्त नरहेको बताए । 

प्रतिक्रिया दिनुहोस