प्रजातन्त्रका सेनानी पाठकको निधनले अपुरणीय क्षति : कांँग्रेस

सफल खबर संवाददाता

शनिबार, २७ बैशाख २०७७, २३ : ११
प्रजातन्त्रका सेनानी पाठकको निधनले अपुरणीय क्षति : कांँग्रेस

चितवन । प्रजातन्त्रका सेनानी भिमप्रसाद पाठकको ९० वर्षको उमेरमा शनिबार निधन भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगर स्थित आफ्नै निवासमा  अपरान्ह ३बजेर ५५ मिनेट जांँदा  निधन भएको हो ।

पाठक लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहांँको निधनप्रति नेपाली कांँग्रेस चितवनले गहिरो दुःख व्यक्त गरेको छ ।
 पञ्चायत कालमा नेपाली काँग्रेस गीतानगर गाउँ कमिटीको संस्थापक सदस्य भई संगठन बिस्तारका लाग्नु भएका पाठकको निधनले सिंगो पार्टीलाई अपुरणीय  क्षती पुगेको काँग्रेस चितवनलेका सचिब राजिब न्यौपानेले बताउनुभयो ।

संगठन बिस्तारसँगै आवश्यक सूचनाहरु पार्टीलाई दिनुका साथै सक्रिय कार्यकर्ताको रुपमा  काम गर्दै आउनु भएका पाठकको पार्थिब शरीरमा काँग्रेस चितवनका सचिब न्यौपाने र नेता दिनेश कोईरालाले पार्टीको झण्डा ओढाउनु भएको थियो । उहाँको साँझ देवघाटमा अन्त्येष्टि गरिएको छ ।

उहांँ तात्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोईराला, शुशील कोइरालाका समकालीनको रुपमा परिचित हुनुहुन्थ्यो  । पर्वतको पाँङ्गराङ्गमा मामा वि।सं। १९८७ सालमा जन्मनुभएका पाठकका एक श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस