रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले सीमा समस्या समाधानका लागि ऐक्यबद्ध हुन सबैमा आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले लकडाउनका समयमा सीमाको समस्याका विषयमा कुरा उठेकाले सबै मिलेर यसको समाधान गर्नुपर्ने बताउनुएको छ । “लकडाउनले खुला सीमाको समस्या उजागर गरेका बेला कालापानी क्षेत्रको किचलो नेपाललाई सीमा समस्या समाधान गर्ने अवसर हो ”, उहाँले उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री पोखरेलले भारतबाट आएका नागरिकलाई अनिवार्य कोरोना परीक्षण गराउनसमेत आग्रह गर्नुभएको छ । उहाँले प्रदेशका विभिन्न जिल्लामा भारतबाट आएका नागरिकमा कोरोना संक्रमण देखिएका कारण परीक्षण गराएर मात्र घर जान आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “दक्षिण भारत र दिल्लीबाट आउनुभएका प्रदेश ५ का सबै अनिवार्य रुपमा कोभिड–१९ को परीक्षण गराएर मात्र घर जानुहोला । परीक्षण निःशुल्क छ । ”
यसअघि मुख्यमन्त्री पोखरेलले भारतबाट लुकिछिपी आउने नागरिकका बारेमा सुरक्षा निकायलाई जानकारी दिई नजीकको क्वारेन्टिनमा राख्न लगाउन आग्रह गर्नुभएको थियो । उहाँले समुदायलाई कोरोनाबाट जोगाउन सबैसँग आग्रहसमेत गर्नुभएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २७ बैशाख २०७७, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बहुविवाहलाई वैधता दिने मस्यौदा व्यक्ति विशेषको सोच : शंकर पोखरेल
सरकार गरिब हो, नागरिक छैनन्: शंकर पोखरेल
सामाजिक अराजकता र राजनीतिक अस्थिरतामाथि विजय हासिल गर्नुपर्छ : शंकर पोखरेल
विद्या भण्डारीको निवासमै गएर राष्ट्रपति नबन्न सुझाव दिएको थिए: शंकर पोखरेल
आदिवासीको उत्थान गर्न आर्थिक समृद्धिको ढाँचा आवश्यक: शंकर पोखरेल
मिसन–८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी सुनिश्चित भयो : शंकर पोखरेल