रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले सीमा समस्या समाधानका लागि ऐक्यबद्ध हुन सबैमा आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले लकडाउनका समयमा सीमाको समस्याका विषयमा कुरा उठेकाले सबै मिलेर यसको समाधान गर्नुपर्ने बताउनुएको छ । “लकडाउनले खुला सीमाको समस्या उजागर गरेका बेला कालापानी क्षेत्रको किचलो नेपाललाई सीमा समस्या समाधान गर्ने अवसर हो ”, उहाँले उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री पोखरेलले भारतबाट आएका नागरिकलाई अनिवार्य कोरोना परीक्षण गराउनसमेत आग्रह गर्नुभएको छ । उहाँले प्रदेशका विभिन्न जिल्लामा भारतबाट आएका नागरिकमा कोरोना संक्रमण देखिएका कारण परीक्षण गराएर मात्र घर जान आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “दक्षिण भारत र दिल्लीबाट आउनुभएका प्रदेश ५ का सबै अनिवार्य रुपमा कोभिड–१९ को परीक्षण गराएर मात्र घर जानुहोला । परीक्षण निःशुल्क छ । ”
यसअघि मुख्यमन्त्री पोखरेलले भारतबाट लुकिछिपी आउने नागरिकका बारेमा सुरक्षा निकायलाई जानकारी दिई नजीकको क्वारेन्टिनमा राख्न लगाउन आग्रह गर्नुभएको थियो । उहाँले समुदायलाई कोरोनाबाट जोगाउन सबैसँग आग्रहसमेत गर्नुभएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २७ बैशाख २०७७, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समस्या राजनीतिक अस्थिरतामा र सामाजिक अराजकतामा छ : महासचिव पोखरेल
सिंहदरबार जलाउन उक्साउने को हो ? : शंकर पोखरेल
अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक : शंकर पोखरेल
राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल