विद्यार्थीहरुद्धारा अतिक्रमणको विरोधमा भारतिय दुतावास अगाडी प्रदर्शनको तयारी

सफल खबर संवाददाता

शनिबार, २७ बैशाख २०७७, १० : ३९
विद्यार्थीहरुद्धारा अतिक्रमणको विरोधमा भारतिय दुतावास अगाडी प्रदर्शनको तयारी

सांकेतिक तस्बिर ।

काठमाडौं । नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा अनेरास्ववियू निकट विद्यार्थीले आन्दोलन गर्ने भएका छन् ।
आज दिउँसो १ बजे भारतीय दूतावास लैनचौर अगाडि विद्यार्थीले आन्दोलन गर्न लागेका हुन् । लिपुलेक कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन कार्यक्रम आयोजना हुने अनेरास्ववियूले जनाएको छ ।

कोरोना सन्त्रासका बिच सामाजिक दूरी कायम गर्दै विरोधका कार्यक्रम आयोजना हुने अनेरास्ववियूका नेताले बताएका छन् । नेपाली जमिन मिचेर भारतले एकतर्फी रूपमा मनसरोव जाने सडक बनाएपछि त्यसको सर्वत्र विरोध भइरहेको बेला विद्यर्थीहरुले सडकबाट विरोध जनाउने भएका छन् । 

प्रतिक्रिया दिनुहोस