थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ९ पुग्यो

सफल खबर संवाददाता

शनिबार, २७ बैशाख २०७७, ०८ : २५
थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ९ पुग्यो

काठमाडौं । काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल संक्रमण हुनेको संख्या १ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज (शनिबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पतल विराटनगरको प्रयोगशालामा गरिएको परिक्षणमा नयाँ संक्रमित फेला परेको हो । संक्रमित हुनेहरु उदयपुरमा ३ जना महिला, कपिलवस्तुमा ३ जना पुरुष र विरगंजका १ जना पुरुष रहेका छन् । 

संक्रमितहरु उदयपुर भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुष र पर्सा छपकैयाका ६२ वर्षका पुरुष रहेका छन् ।  संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य र सबै संक्रमितहरुको स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् । त्यसैगरि २७ जना संक्रमितहरु उपचार पछि निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस