५ दिनदेखि भोकभोकै किरियापुत्री, गरीबले मृत्युपछि पनि पाउँदैनन् सुख

प्रकाश सिग्देल

शुक्रबार, २६ बैशाख २०७७, १८ : २३
५ दिनदेखि भोकभोकै किरियापुत्री, गरीबले मृत्युपछि पनि पाउँदैनन् सुख

चितवन । लकडाउनका बेला बुबाको मृत्युले छटपटिएको एक विपन्न परिवार किरिया बस्दा खाने एक मुठि अन्न पनि नभएपछि ठूलो पीडामा पिरलिएको छ । चितवनको लंकुमा भाडामा बसेर मजदुरी गरी खाने परिवारलाई लकडाउनले मुखमा माड लगाउन त गाह्रो थियो नै त्यसैमाथि, परिवार पाल्ने अभिभावक नै मरेपछि अहिले त्यही बाबुको किरिया गर्न समेत यो परिवारलाई समस्या भएको छ ।

५ दिन अगाडि आफ्नो श्रीमानको मृत्यु भएको र मृत्यु भएपछि दाहासंस्कार जेनतेन गरेपनि अहिले गरिबिका कारण खाने अन्न समेत नहुँदा निकै गाह्रो भएको किरियामा रहनुभएकी मृतकका श्रीमती सुनिता थापाले बताउनु भयो । मृतक थापाका एक श्रीमती र विशाल र कुशल नाम गरेका दुई छोरा छन् । १३ वर्षको बालक छोरोसहित परिवारका तिनै सदस्य एउटा सानो टहरामा किरियामा बसेका छन् ।

त्यसै माथि अन्नको गेडो नहुँदा श्रीमानको मृत्युको पीडासँगै अन्य धेरै पीडाले पोलिरहेको छ यीनीहरुलाई । सानो टहरो जस्तो छाप्रोमा किरियामा बसेका छ यिनीहरु आफन्तहरु आउँदैनन् ।

स्थानीयले श्रिमानकाे उपचारमा धेरै सहयाेग गरेको तर पनि श्रिमान लाई बचाउन नसकेको बताईएकाे छ ।किरियामा बस्दै गरेको यो विपन्न परिवारलाई नेपाल जर्नी संस्थामार्फत खाद्यान्न र केही नगद सहयोग भएको छ । नारायणगढको रिद्विसिद्वि खाद्य भण्डार र नौलो पसलका सन्चालक युवा व्यवसायी चन्दन र रन्जन अग्रवालले नेपाल जर्नी संस्थामार्फत सो परिवारलाई १ बोरा चामल, भुजा, दाल तेल मसला चाउचाउ बिस्कुट अन्य खाद्यान्न र नगद सहयोग गर्नु भएको छ । किरिया बसेकै स्थानमा पुगी उनिहरुलाई सो सहयोग गरी आगामी दिनमा पनि सहयोग गर्ने र लकडाउन पछाडि आफूले आफ्नो कारखानामा रोजगारी समेत दिने प्रतिवद्धता उहाँहरुले जाहेर गर्नु भयो । नेपाल जर्नी संस्थाका मार्फत आफूले जानकारी पाएको र तत्काल वडा अध्यक्षलाई सम्पर्क गरी आफूहरुले राहात सामाग्री त्यहाँ लगेर सहयोग गरेको अग्रवाल बताउनु हुन्छ । 

यस्तो विपतमा परेको यो परिवारलाई यसरी सहयोग प्रदान गरिदिँदा आफूलाई धेरै खुसि लागेको र आगामी दिनमा पनि अन्य सहयोग गर्न वडा अध्यक्ष हरि आचार्यले आग्रह गर्नु भयो । आफूले पनि वडामा सहयोग वितरण गरी राखेको र दाताहरु मार्फत पनि सहयोग भइराखेको उहाँको भनाइ छ । अध्यक्ष आचार्यले अन्य दाताहरलाई पनि यो परिवारलाई सहयोग गर्न आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस