भारतको आन्द्र प्रदेशमा ग्यास चुहावट, ५ को मृत्यु, सयौं घाइते

विहीबार, २५ बैशाख २०७७, १० : ४५
भारतको आन्द्र प्रदेशमा ग्यास चुहावट, ५ को मृत्यु, सयौं घाइते

एजेन्सी । भारतको आन्ध्र प्रदेशको विशाखापटनमको एक रसायन प्लान्टमा ग्यास चुहावट  हुँदा ५ जनाको मृत्यु भएको छ । 
प्लान्टमा अचानक ग्यास लिक भएको थियो । ग्यास लिक भएसंगै बजार र प्लान्ट वरिपरि भागदौड नै मच्चिएको भारतिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।  भारतको एलजी पोलिमर्स इन्डिया प्रालिको केमिकल प्लान्टबाट ग्यास चुहावट भएको हो । चुहावट भएसंगै रसायन प्लान्ट आसपासका पाँच गाउँका मानिसलाई सुरक्षित स्थानमा लगेको छ ।

ग्यासका कारण स्थानीय बासिन्दाले आँखा पोल्ने तथा स्वासप्रस्वासमा समस्या देखिएको थियो । ग्यासकै कारण विशेष गरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।  सन् १९६१ मा निर्माण भएको सो प्लान्ट हिन्दुस्तान पोलिमर्सको थियो, जसलाई सन् १९९७ मा दक्षिण कोरियाली कम्पनी एलजीले अधिग्रहण गरेको हो ।

ग्यास चुहावट हुँदा दुई सयजना भन्दा बढी बिरामी परेका छन् ।प्लान्टबाट स्टाइरिन ग्यास लिक भएको हो । ग्यास लिक हुँदा स्थानीय बासिन्दा सुतिरहेका थिए । 

प्रतिक्रिया दिनुहोस