काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने बताएका छन् । बुद्ध जयन्तीका अवसरमा बिहिबार भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सबैलाई सजग हुन भन्दै त्यस्तो बताएका हुन् । कोरोनाको महामारीले भयावह रुप लिन सक्ने लक्षण देखिएको प्रधानमन्त्रीको भनाई छ ।
‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन ।’ प्रधानमन्त्रीले आफनो सन्देशमा भनेका छन्,–‘तर, भयावह हुनसक्ने लक्षणहरु देखा पर्न थालेका छन ।’ ओलीले सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यसले महामारीले भयावह रुप लिन सक्ने चेतावनी पनि दिएका छन् ।
उनले सन्देशमा अगाडी भनेका छन्, –‘यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।’ नेपालमा हिजो मात्रै वीरगन्जमा एकै परिवारको १७ जनालाई कोरोनाको संक्रमण देखिएको थियो ।
यो सहित नेपालमा ९९ जनामा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ । निको भएर अस्पतालले घर पठाएका ३ जनामा पनि पूनः कोरोना पोजेटिभ देखिएपछि नेपालमा जोखिमको सम्भावना बढेर गएको जनस्वास्थ्य विज्ञहरुले पनि बताईरहेका छन् ।
ओलीले कोरोना संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पु¥याएको पनि प्रधानमन्त्रीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०७७, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन