काठमाडौं । देशभर कोरोना परिक्षणका लागि किट अभाव हुदै गएको र ¥यापिड टेष्ट भरपर्दाे नभएकोले पिसिआर परिक्षण नै गर्नुपर्ने आवाज उठिरहेका बेला सरकारले संघीय संसदका सांसद र कर्मचारीको भने पिसिआर परिक्षण गर्ने भएको छ ।
भोलि शुक्रबारबाट संघीय संसदका दुवै सदनको बैठक बोलाईएकोले बैठकमा सहभागी हुनु अगावै कोरोना परिक्षण गर्न लागिएको हो । त्यसका लागि आजबाटै सांसद तथा कर्मचारीको पिसिआर चेकजाँच गर्न लागिएको हो । सांसद तथा कर्मचारीलाई कोरोना भाइरस छ कि छैन भनेर परिक्षणका लागि सबै सांसद र कर्मचारीको स्वाब परीक्षण गरिन लागेको सरकारले जनाएको छ ।
स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने छ । अहिले बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदको संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा स्वाब संकलन गरिने तयारी भएको छ ।
सांसद र कर्मचारी समेत गरि पाँच सय जनाको पिसिआर परीक्षण गर्ने तयारी छ । प्रतिनिधि सभामा २ सय ७५ र राष्ट्रिय सभामा ५८ जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
पद तथा गोपनीयताको शपथ ग्रहण गर्न सिंहदरबार पुगे नवनिर्वाचित सांसदहरू
नवनिर्वाचित सांसदलाई सूचना : शपथका लागि यी कागजपत्र अनिवार्य
समानुपातिक ११० सांसदलाई प्रमाणपत्र प्रदान
समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने