काठमाडौं । देशभर कोरोना परिक्षणका लागि किट अभाव हुदै गएको र ¥यापिड टेष्ट भरपर्दाे नभएकोले पिसिआर परिक्षण नै गर्नुपर्ने आवाज उठिरहेका बेला सरकारले संघीय संसदका सांसद र कर्मचारीको भने पिसिआर परिक्षण गर्ने भएको छ ।
भोलि शुक्रबारबाट संघीय संसदका दुवै सदनको बैठक बोलाईएकोले बैठकमा सहभागी हुनु अगावै कोरोना परिक्षण गर्न लागिएको हो । त्यसका लागि आजबाटै सांसद तथा कर्मचारीको पिसिआर चेकजाँच गर्न लागिएको हो । सांसद तथा कर्मचारीलाई कोरोना भाइरस छ कि छैन भनेर परिक्षणका लागि सबै सांसद र कर्मचारीको स्वाब परीक्षण गरिन लागेको सरकारले जनाएको छ ।
स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने छ । अहिले बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदको संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा स्वाब संकलन गरिने तयारी भएको छ ।
सांसद र कर्मचारी समेत गरि पाँच सय जनाको पिसिआर परीक्षण गर्ने तयारी छ । प्रतिनिधि सभामा २ सय ७५ र राष्ट्रिय सभामा ५८ जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
रास्वपाका सबै सांसदले राजीनामा दिने
फिनल्याण्डका युवा सांसद संसद्भित्रै मृत भेटिए
‘हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन’: सांसद सुमना श्रेष्ठ
राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’
आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग