लकडाउन शर्तसहित खुकुलो : गृहमन्त्री थापा

मंगलबार, २३ बैशाख २०७७, १७ : ५४
लकडाउन शर्तसहित खुकुलो : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले लकडाउन शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका छन् । 

मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा उनले लकडाउनले आर्थिक संकट बढी देखिएको भन्दै यसलाई शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका हुन् ।

‘कोरोना महामारीको संकट तोड्न विश्वले अपनाएको उपाय हो लकडाउन, तर यसले आर्थिक संकट निम्त्याएको छ, त्यसैले शर्तसहित अब लकडाउन खोल्नुपर्छ’ उनले भने ‘बेरोजगारीलगायतका समस्या पनि देखिएका छन्, गाउँ फर्किने अभियान पनि यही कारण देखिएको हो ।’

कोरोनाकै कारण अहिले सामाजिक र आर्थिक असन्तोष विकास हुँदै गएको पनि उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस