विनोदको भिडियो रिलिज : 'मान्छेको जुनी अचम्मै हुने रैछ नि'

मंगलबार, २३ बैशाख २०७७, १४ : ०८
विनोदको भिडियो रिलिज : 'मान्छेको जुनी अचम्मै हुने रैछ नि'

गायक विनोद बानियाले ‘मान्छेको जुनी अचम्मै हुने रैछ नि’ गीतको भिडियो रिलिज गरेका छन् । गायक बानियाले भिडियो आफ्नो वैवाहिक वर्षगाँठको अवसर पारी आफ्नै युट्युब च्यानलमार्फत रिलिज गरेका हुन् ।

युवा निर्देशक विभोर पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा प्रकाश घिमिरे, एनजे सागर शाह र अनिता पौडेलको अभिनय हेर्न पाइन्छ । सन्तोष कोन्मेले खिचेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । 

विनोद बानियाको आवाजमा रहेको गीतमा संगीत बीबी अनुरागीको रहेको छ । राजकुमार बगरले लेखेको गीतको म्युजिक भिडियो तेजेन्द्र गुरुङको एरेन्जमा तयार भएको हो ।

भिडियो उत्कृष्ट बनेको गायक विनोदले बताए । ‘भिडियो राम्रो बनेको छ, आशा छ दर्शकको साथ पक्कै मिल्नेछ’ उनले भने । भिडियोलाई उत्कृष्ट बनाउन आफुले मेहनत गरेको निर्देशक पोखरेल बताउँछन् । ‘भिडियो राम्रो बनेको छ, गीतलाई न्याय गर्न सकेकी सकिन त्यसको मुल्याकंन दर्शकले गर्नुहुनेछ’ उनले भने । 

यथार्थ चरित्रलाई अभिनयको माध्यमबाट जिवन्तता दिँदै पर्दामा देखाउन खप्पिस कलाकार प्रकाश घिमिरेसँग काम गर्न पाएको भन्दै निर्देशक पोखरेल झनै उत्साहित छन् । कलाकार प्रकाश घिमिरेले म्युजिक भिडियोमा मुख्य कलकारको रुपमा पहिलोपटक अवसर पाएको बताउँछन् । ‘म्युजिक भिडियोमा पहिलो पटक मुख्य कलाकारको रुपमा मलाई हेर्न सक्नु हुनेछ, रमाइलो अनुभव रह्यो, भिडियो हेरपछि प्रतिक्रियाको आशामा छु’ घिमिरेले भने ।

गायक बानियाका मान्छे, डाउट र प्रोफाइल गरी तीन वटा एलबम बजारमा आइसकेका छन् । उनले झण्डै ५० वटा गीतमा आफ्नो सुमधुर आवाज दिएका छन् ।  यतिनै गीतमा संगीत संंयोजन गरेका बानियाले केही गीत रचना गर्न समेत भ्याएका छन् ।

प्रतिक्रिया दिनुहोस