पर्वत । सरकारले आह्वान गरेको लकडाउनका बेला महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन् । दक्षिण पर्वतको पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शनिबार पानी लगाउने नहरको विषयमा सामान्य विवाद हुँदा शिक्षक रानाले स्थानीय एक महिलामाथि निर्घात कुटपिट गरेका थिए । सोही विषयलाई लिएर महिलाले गाउँपालिकासँगै प्रहरी चौकीमा उजुरी दिइएकी थिइन् ।
उजुरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक विजयकुँवर सिंहले जानकारी दिनुभयो । महिलालाई गम्भीर चोटपटक लागेको हुँदा उपचारका लागि छिमेकी जिल्ला स्याङ्जाको वालिङ पठाइएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।
त्रिवेणीका वडाध्यक्ष भीमसेन गुरुङका अनुसार महिलामाथि गम्भीर चोट लागेको पाइएको छ । स्थानीयवासी समयमै घटनास्थालमा पुगेको हुँदा घटनाले ठूलो रूप लिन नपाएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा चितवनका नेता कँडेल पक्राउ
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ
नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ