भारतमा मदिराको मुल्य ७० प्रतिशतले बृद्धि, बृद्धि रकम कोरोना कोषमा

एजेन्सी

मंगलबार, २३ बैशाख २०७७, १० : ५४
भारतमा मदिराको मुल्य ७० प्रतिशतले बृद्धि, बृद्धि रकम कोरोना कोषमा

एजेन्सी । भारतको दिल्लीमा रक्सी (मदिरा) को मूल्य ७० प्रतिशतले बढेको छ । दिल्ली सरकारले सोमबार बेलुका रक्सीको मूल्यमा ७० प्रतिशत ‘स्पेशल कोरोना शूल्क’ लगाउने निर्णय गरेको हो ।

सोमबारदेखि लकडाउन केही खुकुलो पारिएको थियो, जस अन्तर्गत मदिरा पसलहरु खोल्न दिइएको थियो । सोमबार बेलुका दिल्ली सरकारले मदिरामा ७० प्रतिशत कोरोना शूल्क थप गर्ने निर्णय गरेको हो ।

मदिराको बोतलमा देखिएको बजार मूल्य अनुसार ७० प्रतिशत थप गरी नयाँ मूल्य कामय गर्ने निर्णय भएको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था पिटिआईले जनाएको छ ।

मंगलबारदेखि नै थप भएको विशेष कोरोना शूल्कसहित मदिरा बिक्री हुन थालेको जनाइएको छ। कोरोना भाइरसका कारण सरकारी खर्चमा वृद्धि भएकाले थप राजस्व जुटाउनका लागि यस्तो निर्णय भएको मानिएको छ।

प्रतिक्रिया दिनुहोस