काठमाडौं । कोभिड १९ का कारण सबैभन्दा बढी प्रभावित युरोपेली देश इटालीले करिब दुई महिनाभन्दा लामो देशव्यापी लकडाउन खुकुलो पारेको छ ।
कोभिड १९ को संक्रमण फैलिएपछि फेब्रुअरी तेस्रो साता इटालीले लोडी प्रान्तका ११ नगरपालिकामा लकडाउन गरेको थियो । तर संक्रमण थप विस्तार भएपछि मार्च ९ देखि देशव्यापी लकडाउन गरिएको थियो ।
लकडाउन खुकुलो पारिएसँगै उद्योग तथा निर्माण क्षेत्रहरुमा काम सुचारु भएको छ । उद्योग तथा निर्माण क्षेत्रका करिव ४० लाख मानिस काममा फर्किएको खबर एजेन्सीलाई उद्धृत गर्दै कान्तिपुरले छापेको छ।
प्रतिक्रिया दिनुहोस