कैलाली । धनगढी उपमहानगरपालिका–७ देवरियास्थित जाखोरताल जङ्गलबाट कटुवा पेस्तोलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) का प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी–१२ का २१ वर्षीय अविनाश थापा, सोही ठाउँका २० वर्षीय नब्बु नामले चिनिने नवराज बराइली र २५ वर्षीय विनोद कुँवरलाई पेस्तोलसहित आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरुको साथबाट पेस्तोलमा प्रयोग गरिने एक थान गोलीसमेत बरामद गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान थालिएको बताइएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
दाङमा जुवातास खेलिरहेका सात जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ
दुई भारतीय नागरिक पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ