Safal Khabar - बिरामीको सेवामा खुसी भेट्ने एउटी साहसी नर्सको कोभिड कथा
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
कोरोना भाइरस

बिरामीको सेवामा खुसी भेट्ने एउटी साहसी नर्सको कोभिड कथा
सोमबार, २२ बैशाख २०७७, १३ : ५५
बिरामीको सेवामा खुसी भेट्ने एउटी साहसी नर्सको कोभिड कथा

एजेन्सी । मेरो नाम करिसा पेल्जेल । उमेर ३२ वर्ष । पेशा नर्स । बिरामीको सेवामा खुसी भेट्छु म । म अहिले ८ हप्ताको लागि न्युयोर्कमा छु । आज म मेरो पहिलो रात्री सिफ्टको अनुभव बाँड्न गइरहेकी छु । 

मुटुको आवाज कानमा ठोक्किएको छ । हातखुट्टा अनायासै काँपिरहेका छन्। म जबरजस्ती सम्हालिएको नाटक गर्दैछु। तरपनि  कौतुहल छ। अनि खुसी छु, दुस्खी सहरको दुस्खी बिरामीहरुको दुस्खमा दबाइ बन्न पाउँदा।

मलाई केही(केही थाहा छ, काममा के कस्ता अवस्था झेल्नुपर्ने हो। त्यहीमाथि तीन वर्ष भइसक्यो आइसियूमा काम गर्न छाडेको। यस्तो सोच्दै आइपुगें सधैंजसो पढिरहेको छु। सुनिरहेको छु।

Yeti Diistillery

ट्याक्सी गेट अगाडिनै रोकियो। चारैतिर प्रहरीको गाडीहरु थिए। ट्याक्सीबाट निस्किएदेखि नै यी कानहरुमा एउटै कुरो ठोकिए। तपाईंलाई सेवाको लागी कृतज्ञ छु। धन्यवाद। कृपया, सुरक्षित रहनुहोस्। यो महामारी फैलिएदेखि नै सुनिरहेको यी शब्दहरुले अझै पनि मुटु छुन्छ। अझै बढी  काम गर्ने साहस दिन्छ।

यत्तिकैमा एकजना सुरक्षा गार्डले हस्पिटल भित्र जाने बाटो देखाइदिए। बाटोमा लेखिएको थियो। प्रहरीहरु र अन्य स्वयंसेवकहरु तपाईंहरुको सहयोगको लागि उपस्थित छन्। यस महामारीको अग्रपङ्तिका योद्धाहरुलाई खाना सहयोग गर्न पाउँदा गौरवान्दित छौँ। 

बिरामीको वार्डमा पुगें। थुप्रै  मान्छेहरु थिए। कोही  पीपीई लाउँदै, कोही फुकाल्दै, कोही हतारमा दौडिदै कसैको अनुहार नदेखिएको। भित्रभित्रै कति पसिना बगिरहेको होला, देखिनँ।

मैले पनि यही तयारी गर्नुपर्ने थियो कोभिड १९ युनिट पस्नुअघि। 

तयारीको लागि  मलाई एउटा एन ९५ माक्स ९जुन १ हप्ताको लागि थियो० अनुहार छोप्ने ढाल ९फेस सिल्ड० पूरै जिउ ढाक्ने गाउन र एकजोर पन्जा। पक्कै पनि यी पीपीई कोरोनाको लागि  पर्याप्त थिएन।

बिस्तारै आइसियु छिरें। आँखा तिरिमिरी भयो। बिरामी र स्वास्थ्यकर्ताहरु यत्रतत्र थिए। यो मैले देखेको भोगेको आइसियु जस्तो कुनै मानेमा पनि थिएन। कोलाहल, दौडधुप, डरत्रास, एउटा नसोचेको अवस्था। जताजतै औषधिहरु र औषधिका खोलहरु छरपस्टिएका, आइसियु हो वा युद्ध मैदानरु छुटयाउन गाह्रो। 

नर्सिङ स्टेशन पुगें। त्यहाँ सबैजसो म जस्तै बाहिरबाट आएका  स्वास्थ्यकर्मीहरु थिए। हामीहरुलाई काम गर्न सजिलो  होस् भनेर १र१ जना मेडिकल वार्डमा काम गर्ने नर्स पनि दिइएको थियो। सोचें उनीसँग काम गर्न अर्को नर्स पक्कै पनि यहीँको नर्स हुनुपर्छ। म गलत थिएँ। यो आकस्मिक महामारीग्रस्त न्युयोर्कमा  स्वयंसेवक स्वास्थ्य कार्यकर्ताहरु बाहिरबाट आएका थिए। 

बिरामीको कोठामा थिएँ। त्यहाँ दुई जना बिरामी थिए। दुवैजना कोभिड १९का वृद्धा महिलाहरु। दुवै जनालाई भेन्टिलेटरमा राखिएको थियो। 

तीमध्ये एकजना बिरामीको जिम्मा मलाई दिइएको थियो। झट्टा हेर्दा जिङरिङ्ग कपाल, अनुहार र जीउको छालामा  सुकेको रगत, थुक, सिगान कि अरु तरल पदार्थ औषधि। एन ९५ माक्सभित्र पनि कडा गन्ध आएको थियो। उनी केही घण्टाअघि मात्र सबै भन्दा सिकिस्त बिरामी राख्ने आइसियूमा आएकी थिइन्। 

इसिएमओ चाहिने बिरामीलाई सिकिस्त आइसियूमा राखिन्छ। 

अमेरिकामा सबै लेबलको बिरामीलाई निश्चित प्रोटोकल अनुसार निश्चित वार्डमा राखिन्छ। मैले त्यहाँ कुनै प्रोटोकल नै देखिनँ। प्रोटोकल हेर्ने फुर्सद पो कसलाई  हुँदो होरु 

बिरामीको मोनिटर हेरे,  मुटुको धड्कन ३० प्रति मिनेट, मेसिनद्वारा घाँटीको पाइपबाट सास दिँदै। भेन्टिलेटरबाट सकेको अक्सिजन दिँदा पनि  रगतमा अक्सिजनको मात्रा ८० प्रतिशत मात्र ९साधारण तथा यो ९५ प्रतिशत भन्दा बढी हुन्छ।० यति सिकिस्त बिरामी टिअर २ मा देखेपछि त्यहाँको अवस्था औल्याउन गाह्रो भएन। 

मेरो फेस सिल्ड आफैं सासले वाफिलो भयो। एक्कासी मुटु थुरुथुरु काँप्यो। एन ९५ माक्सले काम गरिरहेको थिएन। सास बाहिर आइरहेको थियो। जहाँबाट बाफ बोकेर सास बाहिर आयो, त्यहीँबाट कोरोना बोकेर हावाभित्र गयो भने। अत्तालिएँ। इटालीमा धेरै मरेछन्। सयौं स्वास्थ्यकर्मीहरु। अहो,  म हार्नुहुन्न।

हत्तपत्त एउटा मेटल किलिवले एन ९५ माक्सलाई नाकको डाँडीमा कसिलो बनाए। त्यो १२ घण्टाको सिफ्टमा यो खेल खेलिरहें। हामी दुवै बाहिरबाट आएका थियौं। दुवैको पहिलो दिन थियो। दुवैलाई थाहा थिएन। बिरामीको रेकर्ड कसरी राख्ने कुन औषधि  कहाँ खोज्नेरु कुन समान कहाँ भेट्नेरु कोठामा पस्ने बित्तिकै उही बिरामी अनि उनको कोठा र मोनिटरमा आँखा नचाएँ। पिसाबको नली मिलाउनुपर्ने र ड्रेसिङ र आभिलाइन फेर्नुपर्ने रहेछ। फेरें  र बिरामीको  अनुहार नजिकबाट हेरें। लाग्थ्यो, यो अनुहारले साबुनपानी नपाएको  धेरै दिन भइसकेको  थियो।  

दुवै आँखाको कुना(कुनामा  कचेरा कट्कटिएको, सुकेको रगतको खोस्टाले नाकको प्वालहरु टालिएका थिए। मुटु पग्लियो,  आँखा रसाए। किन(किन झन् आफ्नोपन महशुस हुँदै गयो। सोचें, अलिकति  साबुन र  दुईमुठी पानी त उनको अधिकार  हो। भन्न पो सक्दिनन्, कति रुँदो हो त्यो मन। 

पूरै प्रक्रिया नै भत्ताभुंग थियो। बिरामीको  लत्ताकपडा, रुमाल अरु कपडा सबै एकै ठाउँमा ठूलो ठूलो भाँडोमा राखिएको थियो। मलाई मुख पुछिदिने वास क्लोथ चाहिएको थियो। त्यो पनि तुरुन्त भेटिनँ। सायद मेरो लुकेको अनुहारको छटपटी बाहिरबाट देखिन्थ्यो। एक स्वास्थ्य सहायक आएर सोधे, ‘म तपाइलाईं  कसरी सहयोग  गर्न सक्छुरु उसको वाक्य पूरा नहुँदै भनें( एक थान  वास क्लोथ  प्लिज। अँ एउटा थर्ममिटर पनि। 

ऊ हिँड्न सुरु गरिसकेको थियो। अनि भ्यास्लिन पनि। बिरामीको ओठलाई अलि टाढाबाट हस् भनेको सुनें। अर्को कुन्नि के हो पनि माग्नु आँटेको थिएँ  तर कुन कुनामा पसिसकेको  रहेछ। 

ऊ तुरुन्त सबै सामान लिएर आइपुग्यो। बिरामीको अनुहार सफा गरिदिएँ।

उनी सुतिरहेकी थिइन्। औषधिले लठ्ठ थिइन्। तैपनि  लाग्यो, उनी मसँग मुस्कुराइरहेकी छन्। 

तापक्रम नापें। स्थिर थिएन। घटबढ् गर्थ्यो। तातो हावा फाल्ने मेसिन चलाएँ ताकी उसको तापक्रम तल नझरोस्  भनेर। अक्सिजन दिने नली सफा गर्दा अप्ठेरो भएछ। नली तान्न खोजिन्। के थाहा नली र भेन्टिलेटरमा आफ्नो  सास अड्किएको छ भनेर। उनको फोक्सो  पनि कडा हुनुपर्छ। नत्र त्यति धेरै अक्सिजन दिँदा पनि किन अक्सिजनको मात्रा बढ्दैन तरु

अलिकति निदाउने औषधि दिएँ उनलाई अनि उनको फोक्सोलाई आराम दिने आशामा।

उनलाई  कोभिड १९ ले फोक्सोले काम नगरेको अवस्था भएको थियो। निदाउने औषधिले नदिए,  सास फेराउने नली तान्ने डर हुन्छ। निदाउने औषधिले ब्लडप्रेसर घटाउने  डर हुन्छ। बिपी घटे शरीरका आवश्यक अंगहरु ९मुटु, किड्नी, दिमाग, कलेजो०मा रगत कम हुन्छ र अन्तमा काम गर्न छोड्छन्। 

यो अवस्था केही मिनेट भन्दा  बढी भए बिरामीको मृत्यु हुन सक्छ। 

मैले उनको मृत्यु उनकै वरिपरी घुमेको देखें। रातभरी निन्द्रा लगाउने र बिपी बढाउने औषधिहरु दिँदै बसें। उनी मस्त निद्रामा भएपनि धन्यवाद भनेको अनुभव गरें।  आफ्नो लागि किन धन्यवादरु  अलि भावुक भएँ। 

यसो हेर्दा यो आइसियूको दैनिक कार्य जस्तो लागे पनि यो सबैभन्दा कहालीलाग्दो अनुभव थियो मेरो ७ वर्षको आसियू अनुभवमा।

पलपल उसको मृत्यु उसको नजिक देखें। मानौं मृत्युले कुनबेला मैले आँखा झिमिक्क पारौंला र उसलाई ुआयो टप्प टिप्यो, लग्यो,ु गरुम्ला भन्दो हो। मेरो आत्मबल अत्यन्तै क्षीण हुँदै गएको थियो।

साँच्चिकै मेरो सम्पूर्ण शक्ति पनि अपर्याप्त भो भनेरु तालुबाट चिसो पस्यो। सम्हालें आफैंलाई।

यत्तिकैमा आधा भन्दा बढी रात बितिसकेको थियो।

बल्ल थाहा भो उनले अंग्रेजी हैन स्पेनिस मात्र बुझ्ने रहेछिन्।

धत् के सोचिन होलारु म मेरो बिरामीलाई आफ्नो सोच्छु र उनीहरुले पनि आफ्नो सोचुन् जस्तो लाग्छ। भनिन्नछ आधा रोग विश्वासले निको गर्छ। यस्तै सोचें। यो सोचाइले धेरै पिरोलेन। मुस्किलले केही मिनेट त होला मेरो दिमागलाई आफूखुसी सोच्ने मौका प्राप्त भएको।

एकपटक भन्दा बढी पानी पिएको सम्झिनँ। त्यो १२ घण्टामा बिरामी छोड्नै डर लाग्थ्यो। मानौं म नै छु उनी र मृत्युको बिचमा। 

बिरामीहरु फरक होलान्, कथा उस्तै थियो सबै जसो नर्सहरुको। एकजना साथीको बिरामीले केही घण्टामै प्राण त्यागे। परिवार त के कोही मान्छेको अनुहार देखेनन् रे तिनले  २ हप्तासम्म।

अर्कोलाई तुरुन्त डायलाइसिस गर्नुपर्ने भएछ। कोभिड १९ले केही नछाड्ने किड्नी, कलेजो, मुटु मस्तिस्क।

साँच्चिकै अर्की साथी चिन्तित थिइन्। उनको बिरामीको रगतको मात्रा किन घट्दैछ भनेर। डाक्टर भन्थे, ुकोभिड १९ले शरीरभित्र रगत जमाउँछ रे। त्यसले सप्पै प्लेटलेट खान्छ। अनि  बिरामी रक्तश्रावले मर्छ रे।ु उनी सोच्दै थिइन् खै त रक्तश्रावरु  

अन्ततस् सकियो यो त्रासदीपूर्ण रात। कसरी कट्यो सोच्नै सकिनँ। आफूलाई आफू जस्तै लागेन। एउटा भिषण युद्धबाट भर्खरै फर्केको सिपाही जस्तै लाग्यो। बेतोडले हाँसे। एक्टिङ आउट थियो त्यो। अनि तुरुन्तै आँखा रसाए। थाम्नै सकिनँ। ती बुढी आमा आँखै अगाडी देखें। बल्ल बुझें( म त म नै रैछु। रुँदा रुँदै पनि खुसी भएँ। 

अर्को रात अलि सजिलो भयो। सायद  के आशा गर्नेरु के नगर्नेरु  पहिल्यै थाहा भएर होला। यी आमाले १ महिना भन्दा बढी आइसियूममै बिताइसकिन्। कोरोनासँग लड्दै।

कोरोनाले जित्दा भेन्टिलेटरमा हुन्थिन्। आफूले जित्दा भेन्टिलेटरबाट बाहिर। लामो समय लडिन्। थाकिन्। आखिर कोरोनाले नराम्ररी थला पारेछ। अहिले घाँटीमा प्वाल पारेर भेन्टिलेटर जोडिएको छ। कपाल जमेर कहिले नछुटेनेगरी लठ्ठा परेको छ। 

भाग्य भए बाँच्नेछिन्। घर जानेछिन्। कपाल सप्पै खुइलाउने छिन्। अनि नयाँ जिन्दगीको सुरुवात कपालका नयाँ टुसाहरुसँगै गर्नेछिन्।

यस्तो सोच्दै हातखुट्टामा लोसन लगाइ दिन्थें। कहिले मसाज गरिदिन्थें। सबै सफा गरिदिएँ। उनी साँच्चिकै मुस्कुराइन्। इशाराकै भरमा अनुहारमा लोसन लगाउन भनिन्। लगाइदिएँ। विना आवाज धन्यवाद भनिन्।  म कृतज्ञ भएँ। 

उनले मान्छेको अनुहार नदेखेको १ महिना बढी भएछ। प्राय सुतिरहेकी हुन्थिन्। देखेकै भएपनि पीपीइले छोपिएको अनुहार सप्पै उस्तै। नबोलेसम्म थाहा पनि नहुने, महिला हुन् कि पुरुष भनेर।

धेरै समय भयो तिनले आफ्नो श्रीमान्, छोरोछोरीसँग बोल्न, सुत्न नपाएको।

मेरो मन फेरि दु:खी भयो। त्यसरात उनको श्रीमानलाई फोन  गरें। बिरामीको फोनमा श्रीमानको छोराछोरी, नातीनातीनीका फोटोहरु पठाउन भनें। बिरामीको अवस्था सुनाएँ। उनी खुसी सुनिन्थे, आफ्नो जीवनसंगिनीको बारेमा सुन्न पाएकोमा।

यति भनेर कोठामा पसेको थिएँ,  बिरामीको मोबाइलमा म्यासेज आयो, आइ लव यू।

अनि अरु फोटोहरु आए नाती नातीनीहरुका।

उनी अर्धनिन्द्रामा थिइन्। देखाएँ। गालाहरु तन्किए। आँखा रसिला भए। त्यो अर्धचेतना भित्रको चेतना देखेर आफैंलाई सन्तुष्टि मिल्यो। 

अहिले म आफैं ओछ्यानमा छु। मन आइसियुभित्र छ। ती बुढिआमालाई हेर्दैछ। डर छ त्यो मृत्युले म यता आएको थाहा पाउला भन्ने। उनको उमेर मेरो आमाकै उमेरको हाराहारीमा  छ। मनले आफ्नो ठान्छ। मन अझ अस्थिर बन्छ। तरपनि भाग्यमानी ठान्छु यहाँ काम गर्न पाएकोमा। जहाँ सबै ठाउँबाट स्वास्थ्यकर्मीहरु आएर  न्युयोर्कको घाउमा मल्हम लगाउन प्रयासरत छन्।

हाम्रो धर्म फरक होला, छालाको रङ फरक होला,  जन्मभूमी फरक होला, तर एउटा कुरामा भन्ने पक्कै समानता छ। हामी बिरामीको सेवामा नै खुसी भेट्छौं जतिसुकै थकान भएपनि। जतिसुकै डर असुरक्षा भएपनि। हामी यो महामारीसँग झुक्नेवाला छैनौं। मैले एसिया, साउथ अमेरिका र अफ्रिकाको देशहरुमा स्वास्थ्य सेवा गरेकी छु। 

यहाँको अनुभव अतुलनीय छ । ८ हप्ताको अन्त्यमा यसले मलाई अझ बलियो र दृढ बनाउनेछ ।

यो मौका पाउनुमा गर्व छ। यसका लागि म मेरो परिवार, साथीभाई र न्युयोर्कको नयाँ साथीहरुलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु। एउटा भारी मुटु बोकेर फर्कनु पक्कै पनि सजिलो हुनेछैन। ती पीपीईले छोपेका उस्तै अनुहारहरु सधैं यो मुटुमा हुनेछन् । 

प्रतिक्रिया दिनुहोस