काठमाडौँ। वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा दुई विषयमा अन्तरिम आदेश मागेका छन् ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि बहस गर्दै उनले संविधानमा थप क्षति हुन नदिनका लागि दुई वटा विषयमा ‘स्पेसिफिक’ अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेका हुन् ।
संवैधानिक प्रावधान विपरीतका काम-कारबाही नगर्नुरनगराउन र दुरगामी असर पर्ने कुनै पनि काम-कारबाही नगर्नुरनगराउन भन्दै उनले आदेश जारी गर्न माग गरेका छन् ।
यो आदेश सरकारलाई दिइनुपर्ने उनको माग छ । वर्तमान सरकार अन्तरिम सरकार भएकाले यसको एक मात्र कार्य प्रतिनिधिसभाको निर्वाचन गराउनु तोकिएकाले दूरगामी असर पर्ने काम गर्नबाट रोक्नुपर्ने उनको आग्रह छ ।
सरकार गठनको वैधताको प्रश्न प्रारम्भिक भएकाले यो निरूपण नभएसम्म असंवैधानिक सरकारले निर्वाचन गराउन नसक्ने र मुलुकलाई दुबिधामा राख्न नहुने हुनाले इजलासले गम्भीरतापूर्वक समय तोकेर आदेश दिनुपर्ने उनको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ कार्तिक २०८२, १४ : ०१
लेखकबाट थप