काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको विवाद मिलाउने एउटा अस्त्र बन्यो – मुख्यमन्त्री हेरफेरको विषय पनि । प्रधानमन्त्री ओलीले तत्कालिन एमालेभित्रको अन्तरसंर्घषमा वरिष्ठ नेता नेपाल निकट नेताहरुलाई जिम्मेवारीमा विभेदको नीति लिएका थिए ।
पार्टीभित्र लामो योगदान गरेका र सवल र सक्षम रहेका भएपनि ओलीले जिम्मेवारी दिने सवालमा नेपाल पक्षका नेता भएकै आधारमा पेल्ने रणनीति अवलम्बन गरे । अष्टलक्ष्मी शाक्य जस्ता नेतृहरुलाई पन्छाएर डोरमणि पौडेललाई मुख्यमन्त्रीमा अगाडी सारे वाग्मती प्रदेशमा । उता प्रदेश १ मा पनि त्यस्तै गरिएको थियो ।
पार्टीका सचिव रहेका भीम आचार्य जस्ता नेतालाई पन्छाएर शेरधन राईलाई मुख्यमन्त्री बनाएका थिए । गण्डकी प्रदेश र प्रदेश ५ मा त पार्टीका इन्चार्ज देखि मुख्यमन्त्री समेत एकै ब्यक्तिलाई दोहोरो भुमिको महत्वपूर्ण जिम्मेवारी दिन ओली कसैको प्रवाह नगरी लागिपरे । नेता नेपालले यस विषयमा पार्टीभित्र निरन्तर विधान अनुसार एक ब्यक्ति एक मुख्य जिम्मेवारीको विषय निरन्तर उठाईरहे । आफनो पक्षलाई जिम्मेवारीमा विभेद गरेको आरोप लगाउदै नेता नेपालले पार्टीमा नोट अफ डिसेन्ट पनि लेखे ।
तर ओलीको आफनै पार्टीभित्रका आलोचना गर्ने नेताहरुलाई पेल्ने रणनीति धेरै टिकेन । उनी आफैद्धारा सिर्जित समस्या समाधानमा यो पटक निक्कै गल्ने अवस्था सम्म पुगे । कहिले अध्यक्ष प्रचण्ड त कहिले वरिष्ठ नेता नेपाललाई फकाएर आफनो सत्ता जोगाउन ओलीले निक्कै कसरत पनि गरे । पहिले कहिल्यै आफुलाई दोहोरो जिम्मेवारी छ भनेर नठान्ने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल समेत ओलीको सत्ता बचाउका लागि काठमाडौंमा नेपाल र प्रचण्डको निवास तारान्तर धाईरहे ।
आफु पद छोडन तयार रहेको उनले सार्वजनिक रुपमै बताए । यसले पनि देखाउँछ ओली आप्mनो सत्ता जोगाउन कतिसम्म लागेका थिए भन्ने । अब नेकपाभित्र शनिबारको सचिवालय बैठकमा ओलीले आत्मआलोचना गर्ने, कमजोरी सकारेर जाने प्रतिवद्धता जनाएपछि उनको ठोस प्रस्तावको पखाईमा छन्, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल । उनले कमजोरी स्वीकारेपछि नेकपाको २५ वैशाखमा बस्ने सचिवालय बैठकमा अब मुख्यमन्त्री फेरिने गरी कार्ययोजना आउने संकेत देखिएको छ । यसले गर्दा अब प्रदेश १ , वाग्मती प्रदेश मा मुख्यमन्त्री फेरिने प्रवल सम्भावना देखिएको छ । १ मा भीम आचार्य र वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीका रुपमा आउन सक्ने सम्भावना बढेर गएको नेकपा नेताहरुले बताउन थालेका छन् ।
उता ओलीले मुख्यमन्त्री र पार्टी प्रदेश इन्चार्जसम्मका जिम्मेवारी दिएका गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेलले अब एक पद छोडन पर्ने हुनसक्छ । वरिष्ठ नेता झलनाथ खनालले त्यसको संकेत गरेका छन् । उनले भने, – गण्डकी र प्रदेश ५ का नेताहरुका जिम्मेवारीमा केही फेरबदल हुन सक्छन, मुख्यमन्त्रीहरु पनि हेरफेर हुन सक्छन । तर यो अबको स्थायी समितीमा आउने प्रस्तावका आधारमा तय हुने उनको भनाई थियो ।
ओलीले प्रचण्डसँग सचिवालय बैठक अगाडी मुख्यमन्त्री हेरफेरका विषयमा आफु तयार रहेको पनि बताएका स्रोतहरुले बताएका छ्न । नेकपाको प्रदेश २ बाहेक अन्य ६ ओटा प्रदेशमा सरकार छ । त्यसमध्ये कर्णाली र सुदुरपश्चिम प्रदेशमा तत्कालिन माओवादीका तर्फबाट र अन्य ४ ओटा प्रदेशमा तत्कालिन एमाले तर्फका नेताहरु मुख्यमन्त्री छन् ।
एमाले तर्फका मुख्यमन्त्रीहरु पनि चार ओटै ओली निकटका नेताहरु छन् । वरिष्ठ र सक्षम नेतालाई पाखा लगाएर प्रधानमन्त्री ओलीले शक्ति र सत्ताको भरमा आफु निकट नेतालाई जर्बजस्त पेलेरै मुख्यमन्त्री बनाएका थिए । अब ओलीले ति स्थानमा कमजोरी स्वीकार्ने छन या छैनन त्यो हेर्न स्थायी समिति बैठक कुर्नुपर्ने अवस्था आएको नेकपाका नेताहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त
मधेशका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा
मधेस प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री यादवले विश्वासको मत लिने