अबको प्रधानसेनापति को ?

सोमबार, २२ बैशाख २०७७, ०८ : ४७
अबको प्रधानसेनापति को ?

काठमाडौं । सरकारले सेनाका उपरथी प्रभुराम शर्मालाई रथी (तीनतारे जर्नेल) मा पदोन्नति गरेको छ ।  सेनाको २० बेसिकका अफिसर शर्माले आइतबारदेखि बलाध्यक्ष विभागको कार्यभार सम्हालेका छन् ।

रथी गौरव तण्डुलको पदावधि सकिएपछि शर्माको पदोन्नति भएको हो । शर्माले प्रधानसेनापति पूर्णचन्द्र थापाबाट दज्र्यानी चिह्न लगाएका छन् ।  अहिलेको वरीयताक्रम र सेनाको कार्यप्रणालीअनुसार शर्मा भावी प्रधानसेनापति हुन् ।

सैनिक स्रोतका अनुसार परिस्थितिमा आकस्मिक फेरबदल नआएमा २०७८ भदौ अन्तिम साता प्रधानसेनापति थापाको पदावधि सकिएपछि शर्माले सेनाको नेतृत्व गर्नेछन् । नयाँ पत्रिकामा खबर छ ।