काठमाडौं । उत्तर र दक्षिण कोरियाको सीमाक्षेत्रमा आइतबार बिहान फायरिङ भएको छ । दक्षिण कोरियाली न्युज एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले फायरिङ सुरु गरेको थियो ।
जवाफमा दक्षिण कोरियाले पनि फायरिङ ग¥यो । तीन वर्षपछि उत्तरले सीमा क्षेत्रमा पहिलोपटक फायरिङ गरेको हो । तत्कालीन समय पनि फायरिङपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो ।
मिडिया रिपोर्टस्अनुसार फायरिङमा दुबैतर्फ कुनै क्षति भएन । उत्तर कोरियाले दक्षिण कोरियाको चियोरवान शहरलाई निशाना बनाएको थियो । यो शहर सीमा क्षेत्रबाट नजिकै पर्छ ।
घटनापछि दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाले विज्ञप्ती जारी गर्दै वार्ताको प्रयास भइरहेको जनाएको छ । ‘हामी इन्टर कोरियन कम्युनिकेशनमार्फत वार्ता गर्दैछौं । यसले तनाव कम गर्न सहयोग गर्छ । हाम्रो सेना कुनै पनि हमलाको जवाफ दिन तयार छ,’ विज्ञप्तीमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०७७, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया
रुसलाई सघाएको घोषणाप्रति उत्तर कोरियाको निन्दा