काठमाडौं । पश्तुन तहफुज आन्दोलन (पीटीएम) का नेता आरिफ वजीरलाई एक अज्ञात समूहले गोली हानी हत्या गरेको छ । आफ्नै घरनजिकै गाउँमा रहेका समय शुक्रबार राति एक समूहले वजीरमाथि गोली हानेपछि घाइते अवस्थामा तत्काल उहाँलाई अस्पताल पु¥याइएको थियो । उहाँको उपचारका क्रममा शनिबार स्थानीय अस्पतालमा मृत्यु भएको हो । वजीर एक महिना अघि जमानतमा जेलबाट रिहा हुनुभएको थियो ।
“खैबर पख्तूनख्वा प्रान्तको वजिनामा बस्दै आउनुभएको उहाँको घरको नजिकै अज्ञात व्यक्तिहरूले उहाँलाई गोली हानी घाइते पारेका पाकिस्तानी समाचार संस्था ‘डन’ले जनाएको छ । डनका अनुसार गोली लागेपछि लगत्तै वजीरलाई नजिकैको अस्पतालमा लगिएको थियो । उहाँको उपचार त्यहाँ सम्भव नभएपछि उहाँलाई इस्लामाबादस्थित अस्पतालमा सारिएको थियो ।
वजीरका काका, मुहम्मद अली वजीरले परिवारका तर्फबाट शनिबार जारी एक विज्ञप्तिलाई उद्धृत गर्दै द न्युज इन्टरनेसनलले भनेको छ, “वजीरलाई रातिको समयमा गोली हानिएको छ । उहाँको शरीरमा तीनवटा गोली लागेको छ ।”
प्रहरीले वाना पुलिस स्टेशनमा वजीरमाथिको आक्रमण सम्बन्धमा पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको छ । २०१७ मा वानाको नजिक लडाकूहरूसँगको झडपमा वजीरको परिवारका सात सदस्य मारिएका थिए । यसैबीच, एम्नेस्टी इन्टरनेसनलले शनिबार आरिफ वजीरमाथिको हमलाको प्रभावकारी छानबिन गर्दै संदिग्ध अपराधीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ ।
पीटीएम पाकिस्तानमा अधिकारका लागि संगठित तथा वकालत गर्दै आएको आन्दोलन हो । आन्दोलनले आदिवासी क्षेत्रमा राज्य नीतिहरूको आलोचना गर्दै आएको छ । यसले विवादास्पद हत्या र बलपूर्वक बेपत्ता पार्ने सवालमा पनि सरकारको बिरूद्ध आवाजलाई वुलन्द उठाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० बैशाख २०७७, २१ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या
श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ
दिल्लीमा युवतीको गोली हानी हत्या
देवरद्वारा भाउजूको हत्या
ललितपुरमा खुकुरी प्रहार गरेर युवकको हत्या
निलबाराही जङ्गलमा मृत फेला परेका राईको हत्या भएको खुलासा