काठमाडौँ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको सोे उडान कतारको दोहा हुँदै पेरिस पुग्नेछ । जहाजमा युरोपेली मुलुक तथा दक्षिण अफ्रिका, इजरायल, अमेरिका, क्यानाडालगायत मुलुकका नागरिक छन् ।
यो उडानसहित लकडाउन अवधिमा कतार एयरवेजको ११ उडान भएको छ । कतारपछि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आठ अन्तर्राष्ट्रिय उडान गरेको छ । नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।
सरकारले २०७६ चैत ११ देखि देशभार लकडाउन गरेको छ । पछिल्लो पटक आगामी वैशाख २५ सम्म लकडाउनलाई निरन्तरता दिने निर्णय भएको छ । यो अवधिमा गत चैत १० गतेदेखि आगामी जेठ २ गतेसम्म नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हङकङ विमानस्थलमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु
अमेरिकी हवाईअड्डामा विमान ठोक्किँदा भीषण आगलागी
अमेरिकामा विमान खस्यो, ४ जनाको मृत्यु
यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि.....
लन्डनमा उड्नेबित्तिकै खस्यो विमान
कतारले अमेरिकालाई दियो विमान उपहार