गुलरिया । लागुऔषधसहित चारजना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली, टीकापुर नगरपालिका –१ का २८ वर्षीय राजन रावल र ३३ वर्षीय रमेश न्यौपाने तथा लम्की चुवा नगरपालिकाका २९ वर्षीय रोशन कडायत र दैलेख, दुल्लु नगरपालिका –७ का २७ वर्षीय आकाश शाह छन् ।
प्रहरी कार्यालयको मूल ढोका अगाडि उनीहरु सवार बा १२ च ६२९९ नं को गाडी तलासी गर्दा स्टेरिङभित्र प्लाष्टिकमा पोको पारिएको ४६ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक योगेन्द्रबहादुर खड्काले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ