सप्तरी । सप्तरीमा गए राति रतुवा मृग मार्ने दुईजना पक्राउ परेका छन् । महुली सवडिभिजनअन्तर्गतको वन क्षेत्रबाट मृत रतुवा मृगसहित उदयपुर त्रियुगा नगरपालिका–१ का अशोक राई र मिश्रीलाल चौधरी पक्राउ परेको डिभिजन वन कार्यालय, सप्तरीले जनाएको छ ।
पक्राउ परेका आरोपितलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको सो कार्यालयका प्रमुख सन्तोष झाले जानकारी दिनुभयो । अग्निसाइर कृष्णसवरण गाउँपालिकाको महुली खोला छेउमा मारिएको रतुवा मृगसहित पक्राउ परेका आरोपितलाई कानूनी कारवाही गरिने उहाँले बताउनुभयो । मृत मृगलाई आज डिभिजन वन कार्यालय सप्तरी, महुली सवडिभिजन, जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको रोहवरमा गाडिने जनाइएको छ ।
यसैगरी सप्तरीको शम्भुनाथ नगरपालिका–७, भङ्गहा वन क्षेत्रबाट ११ क्यूफिट सालको काठ बरामद भएको छ । चिरान गरिएको १५ थान काठ बरामद गरी आवश्यक अनुसन्धान शुरु गरिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ