कपिलवस्तु । शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा एक वृद्धाको सामाजिक सुरक्षावापतको रकम चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । शिवराज –४ चनइ बस्ने ४५ वर्षीय अमिन मियाँ शिवराज ६ सुगानगरकी ७८ वर्षीया यादवको सामाजिक सुरक्षावापतको रु १२ हजार चोरी गरी फरार थिए ।
मियाँले पैसा चोरेको चन्द्रौटास्थित गौतम फोटो स्टुडियोको सिसी क्यामेरा फुटेजबाट पत्ता लागेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो । मियाँ यही वैशाख १४ गते रकम चोरेर फरार भएका थिए । अभियुक्तलाई वडा प्रहरी कार्यालयमा राखिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ