काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण भारतमा संक्रमित हुनेको संख्या ३३ हजार नाघेको छ । भारतिय संचारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ३३ हजार भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । भाइरसकै कारण मृत्यु हुनेको संख्या एक हजार ७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ भने १ हजार ७ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा बढी प्रभावित बनेको महाराष्ट्रमा अहिलेसम्म करिब १० हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ सय ३२ जना मानिसको मृत्यु भइसकेको छ ।
त्यस्तै गुजरातमा ४ हजार ८२ जना मानिसमा संक्रमण देखिँदा १ सय ९७ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा पनि ५ हजार ५ सय भन्दा बढीमा यसको संक्रमण देखिँदा १ सय २९ जनाको मृत्यु भइसकेको छ ।
भारतको उत्तर प्रदेशमा अहिलेसम्म २ हजार १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ भने ३९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा पनि ७ सय ५८ जनामा भाइरसको संक्रमण देखिँदा २२ जनाको मृत्यु भएको छ । बिहारमा ३ सय९२ जनामा भाइरसको संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । ८ हजार ३२५ जना संक्रमित भने निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’