काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण भारतमा संक्रमित हुनेको संख्या ३३ हजार नाघेको छ । भारतिय संचारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ३३ हजार भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । भाइरसकै कारण मृत्यु हुनेको संख्या एक हजार ७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ भने १ हजार ७ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा बढी प्रभावित बनेको महाराष्ट्रमा अहिलेसम्म करिब १० हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ सय ३२ जना मानिसको मृत्यु भइसकेको छ ।
त्यस्तै गुजरातमा ४ हजार ८२ जना मानिसमा संक्रमण देखिँदा १ सय ९७ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा पनि ५ हजार ५ सय भन्दा बढीमा यसको संक्रमण देखिँदा १ सय २९ जनाको मृत्यु भइसकेको छ ।
भारतको उत्तर प्रदेशमा अहिलेसम्म २ हजार १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ भने ३९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा पनि ७ सय ५८ जनामा भाइरसको संक्रमण देखिँदा २२ जनाको मृत्यु भएको छ । बिहारमा ३ सय९२ जनामा भाइरसको संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । ८ हजार ३२५ जना संक्रमित भने निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित