चितवनका पत्रकारलाई धम्की दिनेलाई कानुनी दायरामा ल्याउन महासंघ लगायत अन्य संगठनको माग

बुधबार, १७ बैशाख २०७७, १७ : ५४
चितवनका पत्रकारलाई धम्की दिनेलाई कानुनी दायरामा ल्याउन महासंघ लगायत अन्य संगठनको माग

चितवन । पत्रकार महासंघ चितवन शाखाले भरतपुर कोरोना अस्पतालको विषयमा प्रकाशित समाचारलाई लिएर सञ्चार माध्यम र पत्रकारलाई धम्की दिएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष राधेश्याम खतिवडाले आज एक विज्ञप्ति जारी गरी अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन लगायतले विज्ञप्ति निकालेर पत्रकारलाई कारवाही गर्ने चेतावनी दिएको प्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

चितवनमा रहेको भरतपुर कोरोना विशेष९अस्थायी० अस्पतालमा स्वास्थ्य सामग्री शंकास्पदरुपमा बाहिरिएको र अस्पतालको खर्च प्रक्रियामा अनियमिता भएको सम्बन्धी समाचार प्रकाशन भएपछि पत्रकारलाई धम्की दिईएको थियो ।

यो समाचारको ब्रेक नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य तथा अनलाईन खबर डटकमका चितवनका संवाददाता सुवास पण्डितले गरेका थिए । त्यसपछि स्थानीय र राष्ट्रिय मिडियाले प्राथमिकता साथ प्रसारण र प्रकाशन गरेका थिए ।

महासंघले धम्की दिने व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन, घटनामा संलग्नमाथि कारवाही गर्न, पत्रकारको संवैधानिक अधिकारको ख्याल गरी पत्रकारको सुरक्षामा संवेदनशील बन्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । प्रकाशित समाचार प्रति कुनै गुनासो भए कानुनी उपचारका मार्ग प्रशस्त हुँदाहुँदै पत्रकारलाई धम्की दिनु आपत्तिजन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै प्रेस संगठन नेपाल चितवन शाखाले पनि समाचार लेखेकै भरमा पत्रकार सुवास पण्डितलाई दिएको धकिप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस