‘नेकपा भित्र देखिएको विवादले आम जनता निरास’ : पुर्व सभामुख महरा

बुधबार, १७ बैशाख २०७७, ११ : २६
‘नेकपा भित्र देखिएको विवादले आम जनता निरास’ : पुर्व सभामुख महरा

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले विश्वनै कोभिड १९ को महामारीसंग लडिरहेको बेला मुलुककै सबैभन्दा ठुलो दल तथा सरकार संचालन गरिरहेको नेकपा भित्र देखिएको विवादले आम जनता निरास बनेको बताएका छन् । 

आज प्रेस वक्तव्य जारी गर्दै सभामुख महराले यस्तो विषम परिस्थितीमा दलहरु बिच एकता र सहकार्य हुनुपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न नसकिने उल्लेख गरेका छन् । विज्ञप्तीमा भनिएको छ–‘दलहरु बीच आन्तरिक एकता कायम गरेर, संवाद, सहमती र सहकार्यबाट अगाडी बढ्न म अपिल गर्दछु ।’

अहिलेको अवस्था राष्ट्रिय एकता अपरिहार्य उल्लेख गर्दै उनले विश्व नै कोरोना भाइरसको संक्रमणबाट आक्रान्त भईरहेका बेला नेपाल पनि यसबाट अछुतो नरहेकाले सबै मिल्नुको विकल्प नरहेको उल्लेख गरेका छन् । देश लकडाउनमा रहेकाले मुलुकको अर्थतन्त्र निकै धरासायी अवस्थामा पुगेको महराद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस