काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी प्रसाद सापकोटा बिच आज बिहान भेटघाट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा दुवै जना बिच संघीय संसदको बजेट (बर्षे) अधिवेशन कहिले बोलाउने भन्ने विषमा छलफल भएको थियो ।
त्यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय तथा नीति तथा कार्यक्रमको विषयमा पनि छलफल भएको बालुवाटार श्रोतले जानकारी दिएको छ । जेठ १५ गते बजेट ल्याउनु पर्ने भए पनि वैशाख २५ सम्म लक डाउन घोषणा गरेको अवस्थामा संसदबाटै बजेट ल्याउने संभावनाका विषयमा प्रधानमन्त्री र सभामुखबिच कुराकानी भएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली