अपहरण प्रकरणको उजुरी सरकारी वकीलको कार्यालयले पनि लिएन

मंगलबार, १६ बैशाख २०७७, १६ : ५७
अपहरण प्रकरणको उजुरी सरकारी वकीलको कार्यालयले पनि लिएन

काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव अपहरण प्रकरणको उजुरी सरकारी वकीलको कार्यालयले पनि लिन अस्वीकार गरको छ । 

अपहरणसम्बन्धी उजुरी दिन जनता समाजवादी पार्टी, नेपाल ९जसपा० का नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेपनि उजुरी नलिइएको हो ।

सरकारी वकिल कार्यालयले उजुरी अध्ययन गरेपछि मात्र लिने र अहिले छाडेर जान भनेपछि जसपाका नेताहरू पत्र नबुझाइकन पार्टी कार्यालय फर्किसकेका छन् । 

नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सांसद चौधरीको अपहरण गरेको जसपाको दावी छ । 

प्रतिक्रिया दिनुहोस