सांसद अपहरणको विषयमा अनुसन्धान गर्न कांग्रेससहित तीन प्रतिपक्षी दलको माग

सोमबार, १५ बैशाख २०७७, १८ : १९
सांसद अपहरणको विषयमा अनुसन्धान गर्न कांग्रेससहित तीन प्रतिपक्षी दलको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित तीन राजनीतिक दलले सांसद अपहरणको विषयमा अनुसन्धान गर्न माग गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज सोमबार प्रतिपक्षी दल कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र राप्रपाको संयुक्त बैठकले सांसद सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याइएको विषयमा छानबिन गर्न माग गरेको हो । 

पार्टी फुटाउन अपहरणको शैलीमा जनकपुरबाट समाजवादी पार्टीका सांसद यादवलाई काठमाडौं ल्याइएको भन्दै विपक्षी दलहरुले घटनाको छानबिन माग गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस